खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा २९ नम्बर खरसाङ गिद्ध पहाड समष्टिको सांगठनिक सभा समष्टीकै अध्यक्ष प्रेमेन्द्र गुरुङको अध्यक्षतामा खरसाङको पार्टी कार्यालयमा सभा सम्पन्न गरिएको छ। उक्त सभाको सञ्चालन सचिव भक्तिमान तामाङले गरेका थिए। उक्त सभामा भागोप्रमो केन्द्रीय समितिका उपाध्यक्ष सुबास प्रधान, केन्द्रीय सदस्य लक्ष्मण राइईले सम्बोधन गरेका थिए। सभामा खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर ११ देखि २० सम्मका एवं करवीर र स्प्रीङ साइड ग्रामका प्रतिनिधिहरु उपस्थित रहेका थिए। सभामा आगामी १ अप्रेलको दिन भागोप्रमो पार्टीका उम्मेद्वार अमर लामाको नामांकन भर्ने दिन २९ नम्बर समष्टीबाट व्यापक जनसमर्थक ल्याउन पर्ने जानकारी गराइयो भने आगामी राम नवमी र पहिलो वैशाख पनि भव्य रूपमा पालन गरिने साथै उक्त शोभा यात्राहरूमा पनि जनसमूहको व्यापक रूपमा उपस्थिति गराइने भन्ने जानकारी गराईयो।

सभा विषयमा पत्रकारहरुलाई सम्बोधन गर्दै २९ नम्बर खरसाङ गिद्द पहाड समष्टिको सचिव भक्तिमान तामाङले विस्तृत रुपमा जानकारी गराएका छन्।









