भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाकोे खरसाङ युनाइटेड क्रिस्टियन ग्रेबयार्ड कमिटीसँग सभा सम्पन्न

IMG-20260312-WA0067

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीका मूल सचिव बीरबल पाख्रीन अनि खरसाङ नगरपालिका क्षेत्र चुनाव प्रभारी तथा महकुमा नारी शक्ति सभापति सबिता कार्कीको पहलमा खरसाङको मारवाडी भवनमा खरसाङ युनाइटेड क्रिस्टियन ग्रेबयार्ड कमिटीसँग सभा सम्पन्न भएको छ। केन्द्रिय समिति सदस्य तथा खरसाङ महकुमा समितिका चुनाव प्रभारी समीरदीप ब्लोनको अध्यक्षतामा सम्पन्न भएकोे सभालाई खरसाङ टाउन कमिटीका मूल सचिव बीरबल पाख्रिनले सञ्चालन गरेका थिए। सभामा सर्वप्रथम खरसाङ बजार क्षेत्रमा इसाईहरूको लागि दाह संस्कार क्षेत्रकाे अभावले गर्दा विगत २१ वर्षदेखि वर्तमानसम्म भोग्दै आईरहेको समस्याकाे जानकारी गराउँदै ईसाईहरुले गम्भीर समस्याकोे जानकारी पास्टर पवल योञ्जनले दिएका छन्। खरसाङ ग्रेस चर्चका पास्टर राजेन घतराजले आफ्नो वक्तव्य राख्दै खरसाङ क्षेत्रमा वर्तमानमा ३५ हजारभन्दा अधिक इसाईहरू रहेको र सबैले नै दाह संस्कार स्थानकाे कमीकाे समस्या भोग्दै आईरहेको बताए। उनले भने, खरसाङका १३ वटा चर्चलाई एकत्रित गरेर खरसाङ युनाइटेड ग्रेबयार्ड कमिटी गठन गरिएको छ र हामी खरसाङकै हौं र हाम्रो जीटीए प्रमुख पनि खरसाङकै हुन् र हामी विश्वस्त छौँ- हाम्रो यो गम्भीर समस्याकोे समाधान अनित थापाले निश्चय नै गरिदिनु हुन्छ भनी विस्वास व्यक्त गरे। सभामा केन्द्र समिति, खरसाङ महकुमा समिति नारी शक्तिका अध्यक्ष तथा नगरपालिका क्षेत्रका चुनाव प्रभारी सबिता कार्कीले सभालाई सम्वोधन गरिन् भने यस सौहार्दपूर्ण सभाका सभाध्यक्ष समीरदीप ब्लोनले कुनै पनि समस्याकाे समाधान स्थायी रूपमा गर्नको निम्ति सठीक ढंगमा पहल हुन् आवश्यक छ र खरसाङ वरिपरि मात्र होइन विभिन्न क्षेत्रमा बसोबासो गर्ने इसाईहरूको जुन यो ग्रेवयार्डको समस्या समाधान हेतु पहल गर्दे केही दिनमा नै अनित थापासंग एउटा भेटघाट मिलाई दिने आश्वासन दिए। यसको साथै यसपालीको विधानसभा चुनावमा खरसाङ विधानसभा क्षेत्रका प्रत्याशी अमर लामा योग्य उम्मेद्वार हुन् भन्दै यसपालीको चुनावमा इसाई समाजकाे पूर्ण सहयोगकोे आशा राखिएको जानकारी प्राप्त भएको छ।सभामा टाउन कमिटीका उपाध्यक्ष संजय मुखिया पनि उपस्थित थिए।

About Author

Advertisement