भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको सभा साथै पदोन्नति पाएकाहरुलाई नियुक्ति पत्र वितरण

IMG-20251208-WA0095

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको तत्वधानमा एक सभा टाउन कमिटीको सभापति राजु शर्माको अध्यक्षता अनि मूल सचिव बिरबल पाखरीनको सञ्चालनमा सम्पन्न भयो। सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय अध्यक्ष अनित थापाको परामर्श अनि अनुमोदनद्वारा खरसाङ टाउन कमिटीको कार्यकारिणी सदस्यहरूलाई पदोन्नति साथै आधिकारिक रूपमा नियुक्ति पत्र हस्तान्तरण गरिएको छ। शुरूमा भरखरै मात्र देहान्त भएका वार्ड नम्बर २ निवासी टाउन कमिटी सदस्य अशोक सेञ्चुरीको आत्मा शान्तिको लागि मौन धारण गरियो। सभामा अनुमोदन गरिएको सदस्यहरूलाई महकुमा समिति सभापति सुभाष प्रधान, सचिव प्रणाम रसाईली, सभासद श्याम शेर्पा, महकुमा नारी शक्ति सभापति सबिता कार्की, टाउन कमिटीको सभापति राजु शर्मा, सांगठनिक सचिव महेत्र सेन शर्मा, टाउन कमिटी नारी शक्ति सभापति देवकी प्रधान सुब्बा आदिले खदा लगाएर नियुक्ति पत्र प्रदान गरेका थिए। पदोन्नति हुनेमा उपाध्यक्षहरू सञ्जय मुखिया, रन्जन गजमेर, सन्तोष परी,सह-सचिवद्वय विकास तामङ र रमोद गुरूङ, सांगठनिक सचिव सन्नी तामङ, कोषाध्यक्ष राजेन प्रधान, प्रचार प्रसार सचिवद्वय सञ्जय राउत र रबि तोलाङी, सल्लाहकारहरू शरद प्रधान,भोला रावत, महेन्द्र दर्नाल,सोनाम भोटिया, निपेन तामाङ अनि तीसजनाको कार्यकारिणी सदस्यहरू थिए।यसको साथै वार्ड नम्बर ८ बाट गणेश प्रधान, वार्ड नम्बर १ बाट बिजय रावत अनि वार्ड नम्बर २ बाट नबिन बरदेवाले अध्यक्ष अनित थापाको कार्य शैलीलाई मन पराएर पार्टीमा समर्थन जनाएका छन्। यस पूर्णांङ्क कमिटीले अब उप्रान्त प्रत्येक वार्डमा सांगठनिक ढांचालाई सुदृढ़ बनाउने निर्णय गरेको छ। महकुमा समितिका नेतृत्वहरूले नव गठित पूर्णाङ्क कमिटीलाई बधाई साथै शुभेच्छा शुभकामना दिन्दै पार्टीको कार्यप्रणाली सही दिशातर्फ लिएर जाने सुझाव दिएको बताइएको छ।

About Author

Advertisement