भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पंखाबारी लङ्भ्यु अम्बटे समष्टिको सांगठनिक सभा सम्पन्न

IMG-20250422-WA0270

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पंखाबारी लङ्भ्यु अम्बटे समष्टि अन्तर्गत लङ्भ्यु भेलाकुप सार्वजनिक भवनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको एक जरूरी सभा समष्टि सभापति साथै सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जनको सभापतित्व सम्पन्न भयो। समष्टि प्रचार प्रसार सचिव जिनोद परियारले सञ्चालन गरेको सभालाई कार्यकारी सभासद कल्पना प्रधान, समष्टि सभापति साथै सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जन, लङ्भ्यु संयोजक नयस लामा, युवा शक्ति लङ्भ्यु युनिट सचिव बिजय सुनुवार, चन्दन लकान्द्री, नम्रता राई आदिले सम्बोधनले गरेका थिए। सभासद कल्पना प्रधानले आफ्नो सम्बोधनमा भेलाकुप ग्रामवासीको दीर्घकालीन माग गाउँमा पक्का सडक निर्माण रहेको आफूलाई जानकारी भएको जनाउँदै आफ्नो पक्षबाट यस विषयमा जीटीए प्रमुख कार्यपालसमक्ष कुरा राखिदिने वचन दिइन्। तिनले भेलाकुप साथै केराबारी समाजलाई जीटीए प्रमुख कार्यपालले समाजमा चाहिने आवश्यक सामाग्रीहरू पनि दिएको बताइन् औ भविष्यमा गाउँको विकास कार्य गर्न हेतु सम्पूर्ण ग्रामवासीहरू एकताको सुत्रमा बाँधिएर संगठित भई बस्ने अनुरोध गरिन्।

समष्टि सभापति साथै सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जनले उनी आफू सन्त मेरिज तीन ग्राम पञ्चायतको प्रधान साथै भेलाकूप गाउँको पञ्चायत सदस्य रहेको नाताले आफूलाई यस गाउँको समस्याहरूबारे राम्री थाहा रहेको जनाउँदै कुनै पनि घरमा आमा बाबु दाज्यु भाइको आपासी मेलमिलाप र अनुशासन हुँदैन त्यो घरमा सदैव अशान्तिको माहोल हुने जनाए। तिनले संगठनमा सबैले अनुशासनमा रहेर कार्य गर्नु पर्ने मत पनि राखे। डुम्जनले बिगतमा लङ्भ्यु चियाबारी खोलाउन खोज्दा आफू साथै संगठनलाई विभिन्न प्रकारको लाञ्छनाहरू लागेको जानाउँदै तर अहिले आएर भागोप्रमोको चियाबारी खोलाउने निर्णय सही रहेको जनाए।

सभामा भागोप्रमो भेलाकुप शाखा समितिका सभापति निर्जन सुब्बा, सचिव चन्दन लकान्द्री, उपसभापति शरण परियार, सहसचिव बिदुर थापा अनि कोषाध्यक्ष पदमा महिपाल प्रधानलाई सर्वसम्मतिले चयन गरियो। सभामा युवा शक्ति सभापति निसान गोले, नारी शक्ति, युवा शक्ति साथै ग्रामवासीको बाक्लो उपस्थिति रहेको थियो।

About Author

Advertisement