गठबन्धनले उम्मेद्वारसम्म दिनु नसक्नु जनबन्धन अनि भागोप्रमोको जनतामाझको लोकप्रियता दर्शाउँछ: केशवराज पोख्रेल

दार्जिलिङ: पञ्चायत चुनावको नामाङ्कन पत्र भर्ने अन्तिम दिनमा जनताले पञ्चायतीराज फर्काई ल्याउने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले जनताको आशिर्वाद पाउनु थालेको पार्टीका केन्द्रीय प्रवक्ता केशवराज पोख्रेलले एक भिडियोमार्फत बताएका छन्।
दार्जीलिङ महकुमा अन्तर्गत सुखिया खण्डमा ६ जना उम्मेदवार निर्विरोध विजयी बनेका छन् भने अनि बिजनवारी खण्ड अन्तर्गत रेलिङ कैजलेमा ३ जना उम्मेदवार निर्विरोध विजयी बनेका छन्। त्यसरी नै तकभर लिम्बू बस्तीबाट पनि एक उम्मेदवार निर्विरोध विजयी बनेका छन्। जानकारी प्राप्त भए अनुसार मिरिकमा १ जना, सिटोङ लाटपञ्चरमा २ जना साथै तीनधारेमा दुई जना भागाेप्रमोका प्रार्थिहरु निर्विरोध विजयी बनेका छन्। त्यसरी नै तीनधारे महानदी समष्टिको सिविटार गिताङ्गे र जंगपाना सिटमा रहेको पञ्चायत समितिको सिटमा पनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी निर्विरोध रहेका छन्।
पोख्रेल भन्छन, “भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले जीतको सुरुवात प्रथम चरणमा नै गरिसकेको छ। ठग (गठ) बन्धनले उम्मेदवारसम्म दिनु नसक्नु जनबन्धनको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको जनतामाझ लोकप्रियताको संकेत हो। उनले चुनाव मैदानमा उत्रेका सबै प्रार्थिहरुलाई शुभकामना टक्र्याउँदै भने, “भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले फर्काएर ल्याएको पञ्चायती राजको चुनावमा सम्पूर्ण जनतामाझ जुन हर्षोल्लास छाएको छ, जनतालाई पनि धन्यवाद दिनु चाहन्छु।’










