भारतीय गोर्खा अनुसूचित जाति सङ्घ अन्तर्गत रहेका कामी, दमाई अनि सार्कीलाई लिएर खरसाङमा सभा

IMG-20230603-WA0177.jpg

खरसाङ: भारतीय गोर्खा अनुसूचित जाति सङ्घ अन्तर्गत रहेका कामी, दमाई अनि सार्कीहरूको विभिन्न सङ्घ-संस्थाहरूलाई लिएर खरसाङ निवासी राजेश गजमेरको पहलमा यहाँको गोर्खा जनपुस्ताकालयको डाक्टर पारसमणि प्रधान प्रेक्षागृहमा एक सभा सम्पन्न भयो। भारतीय गोर्खा कामी उन्नयन परिषदका अध्यक्ष मणि कुमार सिंहको सभापतित्वमा सम्पन्न सभामा मुख्य अतिथिको रूपमा भारतीय गोर्खा खस कामी, दमाई, सार्की संयुक्त मञ्चका कार्यकारि अध्यक्ष डुवर्स निवासी अशोक विश्व उपस्थित थिए। सुमन घतानीले सञ्चालन गरेको सभामा खरसाङ लगायत डुवर्स, कालेबुङ, मङ्पु, तीनधारे, सिलगढी, सोनादा, बालासन आदि क्षेत्रका प्रतिनिधिहरू उपस्थित थिए। सभामा भारतीय अनुसूचित जाति मध्येका कामी, दमाई अनि सार्कीहरूको उत्थान, जनजाति बनाउने विषय आदिबारे चर्चा गरियो। सभापछि पत्रकारहरूसँग कुराकानी गर्दै राजेश गजमेर अनि अशोक विश्वले आजको सभा गरिनुको औचित्य, यसको उद्देश्य अनि सभामा पारित विषयहरू बारे विस्तृत रूपमा जानकारी गराएका छन्।

About Author

Advertisement