भारतीय खस संरक्षण समितिको स्थापना दिवस पालन

c0604667-4907-4b08-a2ed-6bd243b5832d


कालचिनीः ‌सोमबार भारतीय खस संरक्षण समितिले कालचिनी खण्डको गंगुटिया चियाबारमा संगठनको पहिलो स्थापना दिवस पालन गरेको जानकारी सो संगठनका कोषाध्यक्ष चन्दन छेत्रीले दिएका छन्। स्थानीय शिव मंन्दिरमा होम यज्ञ कार्यक्रम पनि सम्पन्न भएको थियो। राखिएको थियो। कार्यक्रममा समितिको अध्यक्ष कृष्णबहादुर कार्कीको हातबाट दीप प्रज्वलित भएपछि क्रमैले अभिनारायण शर्मा, राजु छेत्री, गोकुल छेत्री, शैलेश शर्माले आआफ्नो वक्तव्य राखे।
ठीक आजकै दिन कालचिनीमा गत बर्ष भारतीय खस संरक्षण समिति गठन भएको थियो यसैले संगठनको जिम्मेवार पदाधिकारीहरूको उपस्थितिमा पहिलो स्थापना दिवस पालन गर्दै आगामी दिनको कार्यक्रमहरूबारे छलफल गरिएको चन्दन छेत्रीले जनाएका छन्। कार्यक्रममा संगठनका कर्मठ पदाधिकारीहरू अभिनारायण शर्मा, राजु छेत्री, गोकुल छेत्री, शैलेश शर्मा, दीपङ्कर छेत्री, विष्णु शर्मा, कृष्णबहादुर कार्की, सुदर्शन पाण्डे, काजी छेत्री, सफल छेत्री आदिको प्रमुख उपस्थिति रहेको थियो।

About Author

Advertisement