भारतीय क्रिकेट टीमको किंग चार्ल्स तृतीयसँग भेट

IMG-20250716-WA0006

लण्डन: भारतको पुरुष र महिला दुवै क्रिकेट टीम अहिले ईंग्ल्याण्डमा रहेको छ। शुभमन गिलको कप्तानीमा रहने पुरुष क्रिकेट टीमले ईंग्ल्याण्डविरुद्ध ५ वटा टेस्ट म्याचको सीरीज खेलिरहेको छ। यसरी हरमनप्रीत कौरकी कप्तानीमा रहने महिला टीमले ईंग्ल्याण्डविरुद्ध ३ वटा वनडे म्याचको सीरीज खेल्नेछ। महिला टीमले केही दिन अघि ५ वटा टी२० म्याचको सीरीजमा ईंग्ल्याण्डलाई ३-२-ले पराजित गरेको थियो। दुवै टीमले मंगलवार किंग चार्ल्स तृतीयसँग लण्डनस्थित सेण्ट जेम्स प्यालेसमा भेट गऱ्यो। यस भेटघाटपछि पुरुष टीमका कप्तान गिलले भने, किंग चार्ल्स तृतीयसँग भेट गरेर धेरै राम्रो लाग्यो अनि उनले हामीलाई फोन गरेर धेरै उदारता देखाए। हाम्रो बातचीत असल रह्यो। गत टेस्ट म्याचमा हाम्रो अन्तिम ब्याटर आउट हुने दुर्भाग्यपूर्ण रहेको उनले हामीलाई बताए। किंग चार्ल्स तृतीयसँग भेटघाटबारे बीसीसीआई (भारतीय क्रिकेट कण्ट्रोल बोर्ड) का उपाध्यक्ष राजीव शुक्लाले भने, यो ऐतिहासिक मौका थियो। हामीबीच असल कुराकानी भयो अनि खेलाड़ीहरू पनि खुशी थिए। उनले हामीसँग गत टेस्ट म्याचबारे चर्चा गरे। उनले खेलाड़ीहरूसँग पनि कुराकानी गरे।

About Author

Advertisement