भारतीय कम्युनिष्ट पार्टीको शताब्दीको अवसरमा निकालियो जुलुस

IMG-20241226-WA0164

सिलगढी: आज अर्थात २६ दिसम्बरमा भारतीय कम्युनिष्ट पार्टीले आफ्नो शताब्दी वर्षमा प्रवेश गरेको छ। यस सम्बन्धमा भारतीय कम्युनिस्ट पार्टी दार्जीलिङ जिल्ला परिषदद्वारा बिहीबार सिलगढीको बाघजातिन पार्कबाट जुलुस निकालियो। मूलतः यस शताब्दी वर्षको अवसरमा वर्षभरि विभिन्न कार्यक्रम आयोजना गरिने छ। यो जुलुस त्यसैको एउटा हिस्सा भएको बताइएको छ।  जुलुस सिलगढीका विभिन्न चोकबाट गुज्रियो, र समाजका लगभग हरेक वर्गका मानिसहरू जुलुसमा सहभागी थिए। बेलुन र भाकपाको झण्डा बोकेर जुलुसमा पार्टीका कार्यकर्ता तथा समर्थकहरुको सहभागिता रहेको थियो।

About Author

Advertisement