भारतलाई पराजित गर्ने लक्ष्यलाई हासिल गर्न चाहन्छन् प्याट कमिन्स

IMG-20241030-WA0181

सिडनी: प्याट कमिन्स कहिले पनि भारतविरुद्ध विजयी टेस्ट सीरीज अभियानको हिस्सा रहेका छैनन् अनि अष्ट्रेलियाई कप्तान आउँदो बोर्डर-गावस्कर ट्रफीको अवधि आफ्नो करियरमा लागेको यस दागलाई मेटाउन चाहन्छन्, जसको शुरुवात २२ नोभेम्बरमा पर्थमा खेलिने पहिलो टेस्ट म्याचको साथ हुनेछ। ३१ वर्षीय कमिन्सको कप्तानीमा अष्ट्रेलियाले वर्ल्ड टेस्ट च्याम्पियनशीप र वनडे वर्ल्ड कपको फाइनलमा भारतलाई पराजित गरिसकेको छ तर पारम्परिक रूपले द्विपक्षीय सीरीजमा चाहिँ भारतविरुद्ध जीत हासिल गर्न सकेको छैन। कमिन्सले मंगलवार भने, यो एउटा ठूलो लक्ष्य हो, जसलाई म हासिल गर्न चाहन्छु। यसपाली हामी घरेलु मैदानमा सीरीज जित्न चाहन्छौं। मेरो साथमा टीमका सबै खेलाड़ीहरू घरेलु परिस्थितिमा असल प्रदर्शन गर्न चाहन्छन्। उल्लेखनीय छ, भारत एकमात्र यस्तो टीम हो जसलाई अष्ट्रेलियाले गत १६ वटा टेस्ट सीरीजदेखि पराजित गर्न सकेको छैन। २०१४-१५ पछि अष्ट्रेलियाले बोर्डर-गावस्कर ट्रफी जित्न सकेको छैन। यसबीच भारतले लगातार चारवटा सीरीज जितेको छ, जसमा २०१८-१९ र २०२०-२१-को ऐतिहासिक जीत सामेल छ।
अष्ट्रेलियाको निम्ति ६२ वटा टेस्ट म्याच खेल्ने कमिन्सले भने, हामीले उनीहरू (भारत)-विरुद्ध अष्ट्रेलियामा गत दुईवटा सीरीज गुमाएका छौं। यसैकारण यसपाली सीरीज जित्नु हाम्रो निम्ति महत्त्वपूर्ण हुनेछ। अहिले हाम्रो टीम असल स्थितिमा रहेको छ। यसैकारण असल प्रदर्शन गर्न नसक्ने कुनै कारण छैन। मैदानमा ओर्लिएपछि जुनै पनि प्रतिद्वन्द्वीविरुद्ध खेलाड़ीहरूले असल प्रदर्शन गरोस् भन्ने हामी चाहन्छौं तर अहिले हामी अघि विशेष रूपले भारत रहेको छ। यसैकारण यो साल र सीजन ठूलो हुनेछ। भारत अष्ट्रेलियालाई उनीहरूकै घरमा टेस्ट सीरीजमा पराजित गर्ने एशियाको एकमात्र देश हो तर पाहुना टीम यस ठूलो सीरीज अघि सामान्य दबाउमा रहनेछ कारण रोहित शर्माको कप्तानीमा रहने टीमले १२ सालपछि घरेलु टेस्ट सीरीज गुमाएको छ। न्यूजील्याण्डविरुद्ध 3)३ वटा टेस्ट म्याचको सीरीजमा भारत अहिले ०-२-ले पछि रहेको छ। टीमका दुईजना सीनियर ब्याटर कप्तान रोहित र विराट कोहली रन बनाउन संघर्ष गरिरहेका छन्। अष्ट्रेलियाई कप्तानले भने, मेरो विचारममा दबाउमा रहने टीमहरूविरुद्ध खेल्नु सदा फाइदाजनक रहन्छ तर भारतले पहिला पनि यहाँ खेलेर सीरीज जितिसकेको छ। यसबाहेक भारत जस्तो टीमलाई फर्ममा आउनु एउटा म्याच काफी हुन्छ। हाम्रो काम उनीहरूलाई शान्त राख्नु हो। हामी आफ्नो तर्फबाट सीरीज जित्न सर्वश्रेष्ठ प्रयास गर्नेछौं। वर्ल्ड टेस्ट च्याम्पियनशीपको हिस्सा ५ वटा टेस्ट म्याचको बोर्डर-गावस्कर टेस्ट सीरीज २२ नोभेम्बरदेखि पर्थमा शुरु हुनेछ।

About Author

Advertisement