भारतलाई दिने चीज अब रुसले पाकिस्तानलाई पनि दिने!

00-Putin-Shahbaaz

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफलाई आफ्नो देशले पाकिस्तानलाई ग्यास आपूर्ति गर्नसक्ने र आवश्यक पूर्वाधार निर्माण भइसकेको बताएका छन्। उज्बेकिस्तानमा भएको सांघाई शिखर सम्मेलन (एससीओ) को छेउमा दुई नेताबीच भेटवार्ता भएको हो। रुसको सरकारी समाचार एजेन्सी टासका अनुसार पुतिनले भने, ‘मुद्दा रुसबाट पाकिस्तानमा पाइपलाइन ग्यास आपूर्तिको हो, जुन सम्भव छ, यसको मतलब यो हो कि पूर्वाधारको एक हिस्सा पहिले नै तयार भइसकेको छ … यो मुद्दा समाधान गर्नुपर्नेछl’ भारतले पनि रुसबाट ग्यास किन्न अर्बौं डलर खर्च गर्छ। रुसले युक्रेनमा आक्रमण गर्दा तीन महिनाभित्र भारत र चीनले रुसबाट तेल, ग्यास र कोइला किन्न २४ अर्ब डलर खर्च गरिसकेको थियो। ब्लूमबर्गको रिपोर्टअनुसार भारतले रुसबाट तेल, कोइला र ग्यास किन्न ५.१ बिलियन डलर खर्च गरेको छ, जुन गत वर्षको तुलनामा पाँच गुणा बढी हो। रुसले ऊर्जामा ठुलो छुट दिएको कारण भारतले अजिज दोस्तबाट धेरै कुरा किनिरहेको छ। अप्रेल महिनामा भारतले रुसबाट २८४ हजार ब्यारेल तेल किनेको थियो। जहाँ मई महिनामा एकै दिनमा ७ लाख ४० हजार ब्यारेल तेल खरिद भएको थियो। यसअघि भारतले रुसबाट एक वर्षमा ३४ हजार ब्यारेल तेल लिने गरेको थियो।

अब रुसी राष्ट्रपति पुटिनले पाकिस्तानलाई पनि ग्यास आपूर्ति गर्ने कुरा गरेका छन्। फरवरी महिनामा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान आर्थिक सहयोग र लामो समयदेखि रोकिएको ग्यास पाइपलाइनको विषयमा पुटिनसँग वार्ता गर्न रुस गएका थिए। यो ग्यास स्ट्रिम परियोजना हो, जसलाई उत्तर-दक्षिण ग्यास पाइपलाइन पनि भनिन्छ। यो रूसी कम्पनीहरु संग सहकार्यमा बनाइन्छ। सन् २०१५ मा रूस र पाकिस्तानले अरब सागरको तटमा कराचीबाट आयात गरिएको एलएनजीलाई उत्तरपूर्वी प्रान्त पञ्जाबको पावर प्लान्टहरूमा ढुवानी गर्न १,१०० किमी (६८३ माइल) लामो पाइपलाइन निर्माण गर्न सहमत भए। रुसका अनुसार यसको लागत १.५ देखि ३.५ बिलियन डलरसम्म हुनेछ। यसमा २६ प्रतिशत रुस र बाँकी ७४ प्रतिशत पाकिस्तानलाई दिनुपर्नेछ। यो परियोजना सन् २०२० मा शुरु गर्ने भनिएको थियो, तर कम्पनी पश्चिमी प्रतिबन्धको मारमा परेपछि रुसले प्रारम्भिक साझेदार परिवर्तन गर्नुपर्‍यो, जुन पाकिस्तान स्ट्रिम परियोजनासँग सम्बन्धित थिएन।

About Author

Advertisement