भारतबाट भित्रिने यात्रुको स्वास्थ्य परीक्षण

IMG-20261015-WA0051

काठमाडौँ: जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले चाडपर्वका बेला भारतबाट भित्रिने यात्रुमा हुन सक्ने सङ्क्रामक रोगको पहिचान र संक्रमण फैलिन नदिन सीमा नाकामै स्वास्थ्य परीक्षणलाई तीव्रता दिएको छ। कार्यालयले सीमा नाकामा स्थापना गरिएको हेल्थ डेस्कमार्फत मलेरिया, क्षयरोग, एचआईभी, कोभिड–१९, डेङ्गु र स्क्रब टाइफसलगायत छ प्रकारका रोगको परीक्षण भइरहेको जनाएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत सिद्धराज भट्टका अनुसार भारतबाट फर्किने नागरिकमा हुन सक्ने सङ्क्रामक रोगको समयमै पहिचान गरी उपचार गर्ने उद्देश्यले नाकामै स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको हो। उनका अनुसार भारतका मलेरिया तथा डेङ्गुलगायत रोग बढी फैलिएका क्षेत्रबाट आएका यात्रु र ज्वरो आएका व्यक्तिलाई प्राथमिकतामा राखेर परीक्षण गर्ने गरिएको छ। परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भए अस्पतालमा लगेर निःशुल्क उपचार गरिने उनले बताए। टाढाका जिल्लाबाट आएका यात्रुमा सङ्क्रमण देखिए सम्बन्धित जिल्लाको अस्पतालसँग समन्वय गरी उपचारको व्यवस्था मिलाइने उनको भनाइ छ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार असोज महिनामा मात्रै गड्डाचौकी नाकामा चार हजार ७०० जनाको स्वास्थ्य परीक्षण गरिएको छ। परीक्षणका क्रममा हालसम्म दुई जनामा क्षयरोग (टीबी) पुष्टि भएको छ भने अन्यमा सङ्क्रमण देखिएको छैन।

About Author

Advertisement