भारतद्वारा १५ वर्षमा दुई हजारभन्दा बढी नेपाली अधिकारीलाई आईटेक तालिम

Untitled-1-copy-64

काठमाडौंः भारत सरकारले गएको १५ वर्षमा दुई हजारभन्दा बढी नेपाली अधिकारीलाई भारतीय प्रविधिक तथा आर्थिक सहकार्य (आईटेक) तालिम दिइसकेको जनाएको छ। ५८औं आईटेक दिवसमा नेपालस्थित भारतीय राजदूतावासले यो तथ्यांकको जानकारी दिएको हो। हरेक वर्ष विभिन्न क्षेत्रमा छात्रवृत्तिमार्फत् भारत सरकारले उपलब्ध गराउने आइटेक तालिममा विभिन्न विषय तोकिने गरिएको छ। जसमध्ये यस वर्ष व्यवस्थापन, भ्रष्टाचारविरुद्धको अनुसन्धान, डार्क वेभ एण्ड क्रिप्टो करेन्सी, योंग लिडर्स, सिचाई, हाइड्रोलोजी, जल व्यवस्थापनलगायतको फेसोशिप कार्यक्रममा नेपालीहरूले तालिम लिएको जनाइएको छ।

नेपालको महान्याधिवक्ताको कार्यालयबाट ३२ जना अधिकारी, निर्वाचन आयोगबाट २९ जना अधिकारीसहित लगभग २ सयले सन् २०२२-२३ मा आइटेक कोर्षको तालिम लिएको दूतावासले जनाएको छ। यसैगरी, २४ मार्चको साँझ मनाइएको आइटेक दिवसमा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भारतले हासिल गरेको विकास सम्बन्धी अनुभव एवम् विशेषज्ञता नेपाल लगायत १६० भन्दा धेरै देशका दुई लाखभन्दा बढी सरकारी अधिकारी, व्यसायी तथा उद्यमीहरु माझ पुञयाउँदै आएको बताए। कार्यक्रममा प्रतिष्ठित व्यक्ति, वरिष्ठ सरकारी अधिकारी, आइटेकका अलुम्नाइ र भारतका शैक्षिक संस्थाबाट अध्ययन गरेका प्रमुख पूर्व विद्यार्थी गरी ५०० भन्दा बढी अतिथि उपस्थित थिए।

About Author

Advertisement