भारतको राष्ट्रिय झण्डालाई प्रणाम गरेपछि बंगलादेशीलाई डाक्टरको चेम्बरमा प्रबेश दिइने

4bc5b89c-6b7c-470a-bcc9-6ab187f492e6-1024x575 (1)

सिलगढी: भारतको राष्ट्रिय झण्डालाई प्रणाम गरेपछि मात्र चेम्बरमा प्रवेश गर्ने अनुमति पाइने छ, अन्यथा बंगलादेशका बिरामीलाई चिकित्सा सेवा उपलब्ध गराइने छैन। सिलगढीका चर्चित चिकित्सक डा. शेखर ब्यानर्जीले यस् प्रकारको सन्देश प्रवाह गरेका छन्। बंगलादेशको भूमिमा भारतको राष्ट्रिय झण्डाको अपमान भइरहेको कारण भारतको राष्ट्रिय झण्डाको प्रतिष्ठा हनन गर्नेहरुका बिरुद्ध यो अभियान चलाइएको हो। यसको विरोधस्वरूप भारतका विभिन्न स्थानहरूमा धेरै चिकित्सा संस्थान र चिकित्सकहरूले बंगलादेशी बिरामीलाई सेवा दिन बन्द गर्न थालेका छन्। देशको राष्ट्रिय झण्डाको अपमान कुनै पनि चिकित्सक वा नागरिकका लागि स्वीकार्य छैन। बिरामीलाई चिकित्सा सेवा प्रदान गर्नु चिकित्सकको जिम्मेवारी र कर्तव्य पनि हो। यसै कारण सिलगढीका ईएनटी विशेषज्ञ डा. शेखर ब्यानर्जीले पनि अनौठो तरिकाले विरोध जनाएका छन्। उनले बंगलादेशी बिरामीहरूका लागि लेखेका छन्, “भारतको राष्ट्रिय झण्डा हाम्रो आमा सरह हो। यस झण्डालाई प्रणाम गरेपछि मात्र चेम्बरमा प्रवेश गर्न सकिने छ। यदि बंगलादेशबाट आएका बिरामीहरूले राष्ट्रिय झण्डामा प्रणाम गरेनन् भने यहाँ बिरामीको उपचार गरिने छैन।” सिलगढीमा उनले आफ्नो चेम्बरको बाहिर पनि राष्ट्रिय झण्डा राखेका छन्। यस क्रममा डा. ब्यानर्जीले भने, “बंगलादेशमा हाम्रो राष्ट्रिय झण्डाको अपमान गरेकोले म स्तब्ध छु। राष्ट्रिय झण्डाको अपमान स्वीकार्य छैन। त्यसैले मैले मेरो चेम्बरमा राष्ट्रिय झण्डा राखेको छु। बिरामीले प्रणाम गरेपछि मात्र उननिहरुलाई भित्र प्रबेश गर्न अनुमति दिइनेछ। तर एक चिकित्सकको रूपमा बिरामीको सेवा गर्नु मेरो कर्तव्य हो, त्यसैले म कहिल्यै पनि बिरामीलाई सेवा बिना जान दिने छुइँन।”

About Author

Advertisement