भारतको जीत नै विकेटकीपर जुरेलको मुख्य लक्ष्य

नयाँ दिल्ली: युवा भारतीय विकेटकीपर ब्याटर ध्रुव जुरेलले उनी र रिषभ पन्तबीच कुनै प्रकारको प्रतिद्वन्द्विता नरहेको स्पष्ट गरेका छन्। दक्षिण अफ्रिकाविरुद्ध टेस्ट सीरीज अघि जुरेलले दुवै खेलाड़ीको एकमात्र लक्ष्य भारतलाई जीत दिलाउनु रहेको स्पष्ट गरेका छन्। हालै वेष्ट इण्डिजविरुद्ध प्रभावशाली प्रदर्शन अनि इण्डिया ए-को तर्फबाट लगातार २ वटा शतकको साथ जुरेलले टेस्ट टीममा स्थान बनाउने दावेदारीलाई मजबूत गरेका छन्। यसको विपरीत पन्त चोटमुक्त भएर मैदानमा फर्किएका छन्। जुरेलले पन्तसँग प्रतिद्वन्द्विताबारे भने, म र रिषभबीच कुनै प्रतिस्पर्धा छैन। हामी दुवै भारतको निम्ति खेलिरहेका छौं। जो खेले पनि लक्ष्य एउटै हुनेछ- भारतको जीत। उनी खेले मलाई खुशी हुनेछ अनि मैले खेले पनि उनी खुशी हुनेछन्। एकसाथ खेल्न सके झन् राम्रो हुनेछ। जुरेलको यस बयानले भनी टीम भावना र सामूहिक सफलतालाई व्यक्तिगत पहिचानभन्दा अधिक महत्त्व दिने स्पष्ट हुन्छ। जुरेलले भारत र दक्षिण अफ्रिका दुवै टीमसँग पेस आक्रमणमा गहिराई रहेको बताएका छन्। उनले भने, यो रोमाञ्चक लड़ाइँ हुनेछ। उनीहरूसँग कगिसो रबाडा र मार्को यानसन छन् भने हामीसँग पनि जसप्रीत बुमराह र साथीहरू छन्। दुवै टीमको बलिंग आक्रमण असल देखिएको छ। आफ्नो टेस्ट पदार्पणलाई सम्झिँदै जुरेलले भने, भारतको निम्ति पदार्पण गर्नु मेरो निम्ति सपना साकार हुनु जस्तै थियो। टेस्ट खेल्नु मैले वाल्यकालको सपना थियो। पहिलो टेस्ट जितेर अनि शतक बनाउन सकेर म धेरै खुशी भएको थिएँ। उल्लेखनीय छ, जुरेलले वेष्ट इण्डिजविरुद्ध टेस्ट म्याचमा शतक बनाएर टीमलाई जीत दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

About Author

Advertisement