भारतको ऊर्जा क्षेत्रमा लगानीका लागि विश्व लगानीकर्तालाई प्रधानमन्त्री मोदीको आह्वान

Screenshot_20260316_182815_Google

नयाँ दिल्ली: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार विश्वभरका लगानीकर्तालाई भारतको विद्युत् क्षेत्रमा लगानी गर्न आह्वान गर्दै भारतलाई निर्माण, लगानी, नवप्रवर्तन र विस्तारको प्रमुख केन्द्र बनाउन आग्रह गरेका छन्।
‘भारत इलेक्ट्रिसिटी समिट 2026’ मा ऊर्जा सचिव पंकज अग्रवालले पढेको लिखित सन्देशमा प्रधानमन्त्री मोदीले भारत विश्वकै तीव्र गतिमा वृद्धि भइरहेको प्रमुख अर्थतन्त्रका रूपमा ऊर्जा यात्राको निर्णायक चरणमा पुगेको बताएका छन्।
प्रधानमन्त्रीले भारतले दिगो र भरपर्दो ऊर्जा प्रणाली विकासमा उल्लेखनीय प्रगति गरेको बताउँदै गैर-जीवाश्म ऊर्जा क्षमता ५० प्रतिशतभन्दा बढी पुगिसकेको र सन् २०३० सम्म ५०० गिगावाट लक्ष्य रहेको जानकारी दिए।
उनले ‘वन सन, वन वर्ल्ड, वन ग्रिड’ जस्ता पहलहरूले विश्वव्यापी ऊर्जा सहकार्यलाई प्रोत्साहन गर्ने उल्लेख गरे। साथै हरित ऊर्जा, ब्याट्री उत्पादन, हरित रोजगारी तथा पूर्वाधार विकासमा भारत तीव्र रूपमा अघि बढिरहेको बताए।
मोदीले ‘पीएम सूर्य घर मुफ्त बिजली योजना’ तथा वितरण सुधारले ऊर्जा क्षेत्रमा दक्षता र दिगोपन बढाएको उल्लेख गर्दै भारत २०४७ सम्म ‘विकसित भारत’को लक्ष्यतर्फ अग्रसर रहेको बताए।

About Author

Advertisement