ब्यांकक (थाईल्याण्ड): भारतकी उदीयमान ब्याडमिण्टन खेलाड़ी देविका सिहागले आफ्नो फर्म कायम राख्दै थाईल्याण्ड मास्टर्स ब्याडमिण्टन टुर्नामेण्टमा महिला एकलको फाइनलमा प्रवेश गरिन्। २.५ लाख डलर पुरस्कार राशि भएको यस टुर्नामेण्टको सेमिफाइनलमा देविकाले विश्वकी ३५औं नम्बरकी खेलाड़ी हुआंग यू सुनलाई सीधा गेममा पराजित गरी ठूलो उलटफेर गरिन्। टुनमिण्टमा गैरवरीयता प्राप्त खेलाड़ीको रूपमा ओर्लिने २० वर्षीय भारतीय खेलाड़ीले पाँचौं वरीयता प्राप्त हुआंग यू सुनलाई सीधा गेममा २२-२०, २१-१३-ले पराजित गरिन्। पहिलो गेममा दुई खेलाड़ीबीच रोचक प्रतिस्पर्धा देख्न पाइयो तर देविकाले संयमको साथ खेल्दै २२-२०-ले गेम जितिन्। दोस्रो गेममा उनले आक्रामक खेल देखाउँदै विरोधी खेलाड़ीलाई म्याचमा फर्किने मौका दिइनन्। फाइनलमा देविकाको भिड़न्त मलेशियाकी स्टार खेलाड़ी गोह जिन वेईसँग हुनेछ, जुन भारतीय शट्लरको करियरको सबैभन्दा ठूलो म्याच हुनेछ।








