भारतका सबैभन्दा धनी क्रिकेटर बने अजय जडेजा

IMG-20241015-WA0133

नयाँ दिल्ली: भारतका स्टार ब्याटर विराट कोहलीलाई पछि छोड़ेर पूर्व क्रिकेटर अजय जडेजा रातारात भारतका सबैभन्दा धनी क्रिकेटर बनेरका छन्। जडेजालाई हालै जामनगर शाही सिंहासनको उत्तराधिकारी घोषित गरियो अनि ५३ वर्षीय पूर्व क्रिकेटरले कुल सम्पत्ति (नेट वर्थ)-को मामिलामा कोहलीलाई पछि छोड़े। गत १२ अक्टोबरको दिन काका महाराजा शत्रुसल्यसिंह जडेजाले अजय जडेजालाई शाही सिंहासनको उत्तराधिकारी घोषित गरे। शत्रुसल्यसिंह जडेजाले ३ फरवरी १९६६-मा आफ्नो पिताको निधनपछि राजगद्दी सम्हालेका थिए। अब अजय जडेजा आफ्नो परिवारको विरासतलाई अघि बढ़ाउन तयार छन्। पूर्व भारतीय क्रिकेटरले आफ्नो कमेण्ट्रीद्वारा पनि मोटो रकम कमाई गर्छन्। अब शाही सम्पत्तिको साथ अजय जडेजाको कुल सम्पत्ति १४५० करोड़ रुपियाँ भएको छ, जुन कोहलीको कुल सम्पत्ति १००० करोड़भन्दा अधिक हो। अजय जडेजाको जन्म साल १९७१-मा गुजरातको जामनगरमा भएको थियो। उनको जन्म नवानगरको शाही परिवारमा भएको थियो। उनले फरवरी १९९२-मा श्रीलंकाविरुद्ध एकदिने म्याचको साथ भारतीय टीममा पदार्पण गरेका थिए। उनले त्यही साल दक्षिण अफ्रिकाविरुद्ध टेस्ट पदार्पण पनि गरेका थिए। जडेजाले टीम इण्डियाको निम्ति १५ वटा टेस्ट र १९६ वटा वनडे इण्टरनेशनल म्याच खेले।

About Author

Advertisement