गान्तोक: आगामी १३ जुलाईको दिन पालन गरिने भानु जयन्ती समारोह तयारीलाई लिएर आज नाम्ची जिल्लाकी जिल्लापाल अन्नपूर्ण आलेको अध्यक्षतामा एक बैठक सम्पन्न भयो। नाम्ची जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भएको बैठकमा वरिष्ठ पुलिस अधिक्षक डा.टीएन ग्याछो, अतिरिक्त जिल्लापाल सुवास घिमिरे लगायत दक्षिण सिक्किम साहित्य सम्मेलनका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो। बैठकलाई सम्बोधन गर्दै अतिरिक्त जिल्लापालले उक्त कार्यक्रम सफल तुल्याउनको निम्ति विभिन्न विभागको जिम्मेवारी जस्तै कार्यक्रम स्थल, बस्ने व्यवस्था, विद्युत,पिउने पानी आदिबारे छलफल गरियो। यसरी नै बैठकमा कार्यक्रमको मुख्य एजेन्डाबारे आयोजक समितिसँग छलफल गरेको बताइएको छ। उल्लेखनीय छ, प्रत्येक वर्ष १३ जुलाईको दिन भानु जयन्ती भव्यरूपमा मनाउने चल न रहेको छ भने सो दिन भानुभक्तको शालिगमा माल्यअर्पण गर्दै उनको स्मरणमा विभिन्न प्रकारको कार्यक्रम आयोजना गरिन्छ। जिल्लापालले सबै सम्वन्धित निकायका अधिकारीहरूले आफ्नो जिम्मेवारीलाई इमान्दारपूर्वक पालन गर्नुपर्ने आग्रह गरेकी छन्।









