भाजयुमोद्वारा मतिगढाको पिढीत परिवारसित भेट

IMG-20230824-WA0233.jpg

सिलगढी: सिलगढीको मतिगडामा भएको छात्राको हत्याको विरोधमा भारतीय जनता युवा मोर्चा दार्जीलिङ जिल्लाको तर्फबाट घटनाको विरोधमा अनि हत्यारालाई कडाभन्दा कडा कार्वाही हुनुपर्छ भनेर पहाडभरि नै पोस्टरिङ गरिएको थियो भने आज युवा मोर्चाको एउटा टोलीद्वारा मृतक छात्राको वासस्थानमा पुगेर उनका परिवारसित भेटघाट गरेके छ। यसको साथै श्रधदाञ्जली पनि अर्पण गरेका छन्। आज पार्टी पक्षबाट मात्र नभएर एक मानवताको हैसियतमा समाजमा भएका यस्ता दुष्कर्मको शिकार बन्न पर्नेै ती छोरी चेलीको पक्षबाट साथै गोर्खा जातिको छोरी हाम्रो चेली गुमाएको नातामा आज यस टोलीले परिवारलाई शान्तावना प्रदान गरेको बताएको छ भने परिवार समक्ष टोलीद्वारा जहिलेसम्म हाम्री छोरीले न्याय पाउँदैनन् तबसम्म परिवारको साथमा खडा हुने भनी वचन दिएको जानकारी गराएका छन्।

उक्त टोलीमा दार्जीलिङ जिल्ला भारतीय जनता युवा मोर्चाका अध्यक्ष नीरज राई, उपाध्यक्ष सुपेन्द्र प्रधान, महासचिव बिनय प्रसाद, सचिव राकेश सिंह, कोषध्यक्ष सवन सुब्बा, कार्यालय सचिव संजय शर्मा आदिको उपस्थिति रहेको थियो।

About Author

Advertisement