सिलगढी। भाजपा ७ नम्बर मण्डल कमिटीको तर्फबाट वृक्षारोपण कार्यक्रमको आयोजना गर्दै विश्व पर्यावरण दिवस पालन गरियो। कार्यक्रममा डाबग्राम-फुलबारी विधायिका शिखा च्याटर्जी, जलपाइगढी दार्जीलिङ जिल्ला एससी मोर्चा इन्चार्ज एवं भाजपा सिलगढी सांगठनिक जिल्ला प्रवक्ता डाक्टर सचिव प्रसाद, भाजपा सिलगढी सांगठनिक जिल्ला उपाध्यक्ष दीपाङ्कर अरोडा उर्फ मानिक, भारतीय जनता पार्टी आठ नम्बर मण्डल अध्यक्ष हिरा रायसहित अन्य उपस्थित थिए।








