भाजपा सिक्किमले गऱ्यो राज्यपालसॅंग भेट

n673946263175338096127469e94be243ee8dbab3d2a95dd9a2ba28f008918d4fe100e2205e569a1fde4bee

गान्तोक: आज भारतीय जनता पार्टी (भाजपा) सिक्किमका अध्यक्ष डीआर थापाको अगुवाईमा भाजपाकाे
एक प्रतिनिधि टोलीले सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसॅंग राजभवनमा भेट गऱ्यो।
यस भेट अवधि भाजपा प्रतिनिधि टोलीले राज्यपाललाई राज्यमा जारी राजनीतिक हिंसाका घटनाहरू, विपक्षी आवाजहरूमाथि लक्षित आक्रमणहरू र चुनाउपछि उत्पीडनका घटनाहरूलाई लिएर ज्ञापन बुझाएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
भाजपा सिक्किमले राज्यमा लोकतान्त्रिक स्थानको क्षय र बिग्रँदै गएको कानून व्यवस्थाको स्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरेको बताइएको छ। राज्यपालले प्रतिनिधिमण्डलको कुरालाई धैर्यपूर्वक र गम्भीरतापूर्वक सुने। उनले रिपोर्ट गरिएका घटनाहरूप्रति चिन्ता व्यक्त गरे र भाजपा प्रतिनिधिहरूलाई यस विषयमा गम्भीरतापूर्वक विचार गरिने आश्वासन दिए।
भाजपा सिक्किमले राज्यमा लोकतान्त्रिक मूल्यमान्यता, शान्ति र संस्थागत जवाफदेहिता कायम रहने अपेक्षा व्यक्त गरेको विज्ञप्तिमा जनाएकाे छ।

About Author

Advertisement