भाजपा महिला मोर्चाकी पूर्व अध्यक्ष शिखा मैत्रा भाजपा छोडेर तृणमूलमा प्रवेश

Screenshot_20240325_151554_WhatsApp

सिलगढी: लोकसभा चुनाव अघि दार्जीलिङ संसदीय क्षेत्रमा भाजपालाई झट्का लागेको छ। सिलगढी संगठनात्मक जिल्ला अन्तर्गत भाजपा महिला मोर्चाकी पूर्व अध्यक्ष शिखा मैत्रा भाजपा छोडेर तृणमूलमा प्रवेश गरेकी छन्। तृणमूलमा सामेल हुने बित्तिकै, उनले दार्जीलिङ लोकसभा सीटको लागि भाजपाले वर्तमान सांसद राजु विष्टलाई उम्मेदवार बनाएकोमा कडा आलोचना गरिन्। व्यंग्यात्मक स्वरमा उनले राजु विष्टलाई असक्षम सांसदको संज्ञा दिइन्। होलीको दिन बागडोग्रास्थित तृणमूल अध्यक्ष पापिया घोषको निवास कार्यालयमा आयोजित कार्यक्रममा एक समय भाजपा महिला मोर्चाकी प्रदेश अध्यक्ष तथा जिल्ला अध्यक्ष शिखा मैत्रा तृणमूलमा सामेल भइन्। तृणमूल जिल्ला अध्यक्ष पापिया घोषले उनलाई पार्टीको झण्डा हस्तान्तरण गरिन्। कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष आलोक चक्रवर्ती उपस्थित थिए। शिखा मैत्राजस्ता लडाकु कार्यकर्ता पाएकोमा तृणमूल क्याम्प निकै खुशी छ। उनको तृणमूल प्रवेशले लोकसभा चुनाव अघि उनको आत्मविश्वास बढाएको छ। धेरै भाजपा नेता र कार्यकर्ताले आफूलाई सम्पर्क गरिरहेको जिल्ला अध्यक्षले दावी गरे। भर्खरै तृणमूलमा सामेल भएकी शिखा मैत्राले आज राजु विष्टलाई गोर्खाल्याण्डको झूटा वाचाका कारण पहाडी जनताले अस्वीकार गरेको दाबी गरेकी छन्।

About Author

Advertisement