खरसाङ: खरसाङ विधानसभा समष्टिको लागि भारतीय जनता पार्टीको उम्मेद्वार सोनाम लामाले शुक्रवार तकलिङ पेशोक मण्डल क्षेत्रमा आफ्नो चुनाव प्रचार गरेका छन्। तकलिङ पेशोक मण्डलमा घर घर पुगेर जनसम्पर्क अभियान सम्पन्न गरेका छन्। यस क्रममा जनताले भाजपा प्रार्थी सोनाम लामाप्रति देखाएको माया र विश्वासका लागि धन्यवाद दिएका छन्। सोनाम लामाले घर घर पुगेर जनतालाई भोट दिने अपिल गरेका थिए। यस चुनाव प्रचार अभियान अन्तर्गत भाजपा प्रार्थी सोनाम लामाले एक ठाउँमा चुनावी सभालाई सम्बोधन गर्दै भने, भाजपा भनेको संगठन हो। म एक्लैले काम गर्नु सक्दिन। मेरोपछि संगठन छ, पार्टी छ,झण्डा छ। गाउँ बस्तीको साधारण जनताको साथ र सहयोग पाएर नै म अघि बढ्ने हौसला पाउन सक्छु।’ उनले यो अपार समर्थन र स्नेह नै हाम्रो जितको बलियो आधार हो भनी बताएका छन्।

उक्त चुनाव प्रचार र घर दैलो अभियान विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भाजपा तकलिङ पेशोक मण्डल अध्यक्ष शैलेन्द्र देवान र भाजपा प्रार्थी सोनाम लामाले तकलिङ पेशोक मण्डल क्षेत्रमा घर घर पुगेर जनसम्पर्क अभियान गरेको र जनतालाई भाजपा प्रार्थी सोनाम लामालाई भोट दिएर जिताउने आह्वान् गरेको जानकारी गराएका छन्। यस क्षेत्रमा जनताको मायाको लागि धन्यवाद पनि दिएका छन्।










