भाजपा प्रार्थी सोनाम लामाद्वारा टुंग सन्तमेरिज समष्टिको विभिन्न स्थानहरुमा चुनाउ प्रचार

IMG-20260409-WA0095

खरसाङ: खरसाङ विधानसभा समष्टिको लागि भारतीय जनता पार्टीको उम्मेद्वार सोनाम लामाले टुंग सन्तमेरी समष्टि अन्तर्गत पर्ने विभिन्न स्थानहरुमा पुगेर आफ्नो चुनाउ प्रचार गरेका छन्। उनले जनसम्पर्क अभियान उत्साहपूर्ण रूपमा सम्पन्न भएको बताए।

यस अभियानका क्रममा उनले घरदैलो गर्दै स्थानीय जनतासँग भेटघाट गरेर उनीहरूका समस्या, आवश्यकता तथा सुझावहरू ध्यानपूर्वक सुनेको जानकारी प्राप्त भएको छ। उनले जनतामा देखिएको उत्साह र समर्थनले यसपटक परिवर्तनको स्पष्ट संकेत दिएको बताएका छन्।

विकास, पारदर्शिता र जनसेवाको प्रतिबद्धतासहित भाजपा उम्मेद्वार सोनाम लामाले सबैसँग सहयोग र समर्थनको अपिल गरेका छन्।

About Author

Advertisement