भाजपा प्रार्थी सोनाम लामाद्वारा सोनादा क्षेत्रमा चुनाव प्रचार

IMG-20260403-WA0075

जनताको मायाले गर्दा पहाडको तीनैवटा सिटहरु जित्नेछौं: सञ्जीव लामा

सोनादा: खरसाङ विधानसभा समष्टिको लागि भारतीय जनता पार्टीको उम्मेद्वार सोनाम लामाले आज सोनादा पचेङ मण्डलमा चुनाव प्रचार गरेका छन्। भाजपा प्रार्थी सोनाम लामाले आफ्नो चुनाव प्रचार सोनादा बजारबाट शुरु गरेर स्थानीय मानिसहरुलाई भेट्दै चुनाव प्रचार गरेका छन्।‌ यसावधि उनीसित भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामा, जिल्ला सचिव बिनय प्रसाद, मिडिया प्रभारी चन्दन प्रसाद लगायत अन्य पदाधिकारीहरु उपस्थित रहेका थिए‌। यसको साथै भाजपा उम्मेद्वार सोनाम लामाको पक्षमा सोनादा पचेङ मण्डलको पदाधिकारीहरु पनि उपस्थित रहेका थिए।‌ यसावधि भाजपा प्रार्थी सोनाम लामाको पक्षमा सोनादा बजारमा स्थानीयहरु र व्यापारीहरुबाट सकरात्मक रेस्पोन्स आएको बताइएको छ। भाजपा प्रार्थी सोनाम लामा चुनाव प्रचार गर्दै पूर्व सांसद एवम् क्रामाकपाको वरिष्ठ नेता आरबी राईसित पनि भेटघाट साथै आशिर्वाद लिएका छन्। यस अवसरमा भाजपा प्रार्थी सोनाम लामाले पूर्व सांसद आरबी राईको रंगबुल धोतरिया रंगमुक समष्टिको चन्द्रमानधुरास्थित घरमा नै पुगेर भेटघाट साथै आशिर्वाद लिएका छन्। भाजपा प्रार्थी सोनाम लामाको सोनादा‌ क्षेत्रमा चुनाव प्रचार विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले सोनादा क्षेत्रमा भाजपा प्रार्थी सोनाम लामाप्रति स्थानीयहरु सकरात्मक रहेको बताउँदै सही र योग्य व्यक्तिलाई भोट दिएर जिताउने‌ आह्वान् गरेका छन्।

उनले यसपाली जनताको माया र स्नेहको कारण बंगालमा भाजपाको सरकार बनिने दाबी गरे। उनले यसपाली जनताले भाजपालाई विश्वास देखाएको छ भन्दै भाजपाको साइलेन्ट भोटर्सहरुले गर्दा पहाडको पनि तीनैवटा सिटहरु जित्ने ठोकुवा गरे। लामाले यसपाली भ्रष्टाचारमुक्त पहाडको लागि भाजपालाई भोट दिएर जिताउने‌ आह्वान् गरेका छन्।‌ उनले आज सोनादा बजार क्षेत्रमा भाजपाको उम्मेद्वार सोनाम लामालाई राम्रो रेस्पोन्स प्राप्त भएको बताए।

About Author

Advertisement