भाजपा प्रार्थी सोनाम लामाको घुम्ती चियाबारीमा चुनाव प्रचार साथै कार्यकर्ताहरुसित भेटघाट

IMG-20260323-WA0095

खरसाङ: खरसाङ विधानसभा समष्टिको लागि भारतीय जनता पार्टीको उम्मेद्वार सोनाम लामाले आज खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको २६५ र २६६ नम्बर बुथ घुम्ती चिया कमानमा चुनाव प्रचारको साथै भारतीय जनता पार्टीको कार्यकर्ताहरुसित भेटघाट गरेका छन्। यसावधि उनले स्थानीय सिंहदेवी मन्दिरमा पुगेर ९ दिवसीय पूजामा सहभागी भई दर्शन तथा आशिर्वाद ग्रहण गरेका थिए। यस धार्मिक अवसरले क्षेत्रका जनतामा थप उत्साह र सकारात्मक ऊर्जा प्रदान गरेको बताइएको छ। उक्त कार्यक्रममा भाजपा बुथ अध्यक्षहरू शेखर छेत्री र अदीप प्रधान, नारी शक्ति प्रमुख कविता छेत्रीको विशेष उपस्थिति रहेको थियो। भाजपा प्रार्थी सोनाम लामासित घुम्ती कमानमा पार्टीका कार्यकर्ताहरुले भेटघाट गरेका थिए। उनको घुम्ती कमान भ्रमण अवधि भाजपा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको जानकारी प्राप्त भएको छ।

भाजपा प्रार्थी सोनाम लामाको यस भ्रमणले घुम्ती चिया कमान क्षेत्रका जनतासँग अझ सशक्त सम्बन्ध स्थापित गर्दै आगामी चुनावमा विजयको विश्वास थप बलियो बनाएको बताइएको छ‌।‌भाजपा प्रार्थी सोनाम लामाको आजको चुनाव प्रचार अभियान गिद्ध पहाड़स्थित श्री सेतीदेवी मन्दिरमा माता देवीको दर्शन तथा पूजाआर्चना गरी आशीर्वाद ग्रहण गर्दै शुभारम्भ गरिएको थियो। उनीसित भाजपा पदाधिकारीहरु पनि उपस्थित रहेका थिए।

About Author

Advertisement