सिलगढी: दुर्गा पूजा बंगालको सर्वश्रेष्ठ पर्व हो। यस अवसरमा नयाँ लुगा लगाउने चलन रहे पनि खाँचोमा परेकाले नयाँ लुगा किन्न पाएका छैनन्। उनीहरुको पीडा बुझ्दै दुर्गा पूजाको अवसरमा भाजपा पार्षदले यस क्षेत्रका गरिब जनतालाई पूजा उपहार स्वरुप नयाँ लुगा प्रदान गरेका छन्। यतिबेला बङ्गालभर दुर्गा पूजाको सजावट र तयारी सुरु भएको छ र अब केही दिन मात्रै बाँकी छ, त्यो खुसीलाई सबैसँग समान रूपमा बाँड्नका लागि गरिबलाई पूजा उपहारस्वरूप नयाँ लुगा प्रदान गरिएको छ। यो कार्यक्रम वडा नम्बर ११ समितिले दिएको हो। वडा पार्षद मञ्जुश्री पालले शुक्रबार सबैलाई यो उपहार दिएकी हुन्। उनका अनुसार करिब १५० खाँचोमा परेकालाई उक्त उपहार दिइएको हो। पछि अरु धेरै खाँचोमा परेकाहरुलाई नयाँ कपडा दिइनेछ।










