भाजपा नेताहरूको घर घेऱ्यो भने तृणमूल सदस्यहरूलाई संसद पस्न दिने छैनौः शुभेन्दु अधिकारी

IMG-20230410-WA0169-11-300x172-6

कोलकाताः पश्चिम बंगाल विधानसभामा नेता प्रतिपक्ष एवं वरिष्ठ भाजपा विधायक शुभेन्दु अधिकारीले सत्तारूढ़ तृणमूल कांग्रेसका महासचिव अभिषेक बनर्जीलाई जवाफ दिएका छन्। उनले भनेका छन्, यदि भाजपा नेताहरूको घर घेऱ्यो भने तृणमूल सांसदहरूलाई लोकसभा र राज्यसभामा प्रवेश गर्न दिने छैनौ।

ब्यानर्जीले भनेका थिए, आगामी पॉंच अगस्त राज्यभरि भाजपाका शीर्ष नेताहरूको घर घेराउ गरिने छ। अधिकारीले भने, अण्डा-चामल उत्सवमा अहंकार हेर्नुहोस्। पॉंच अगस्त भाजपाका ठूला-साना नेताहरूको घर घेराउ गर्ने! सुन अभिषेक, म तिमीविरूद्ध एफआईआरको कपी लिएर कार्ट जॉंदैछु। यस कार्यक्रममा मानिसहरूको मौलिक अधिकार खतरामा छ।’

-हिस

About Author

Advertisement