भाजपा दिग्गजहरूको गढ़मा पनि तृणमूल कांग्रेसको कब्जा

00-1-Rajya-Samachar-8

कोलकाताः पश्चिम बंगालको त्रिस्तरीय पञ्चायत चुनाउमा मुख्य विपक्षी दल भाजपाको निम्ति असहज स्थिति उत्पन्न भएको छ। पार्टीका दिग्गज नेताहरूका घरहरू नजिकको मतदान केन्द्रहरूमा भाजपालाई पराजयको घुट्की पुउन परेको छ। सत्तारूढ़ तृणमूल कांग्रेसले यस्ता क्षेत्रहरूमा पनि जित हासिल गरेको छ, जहाँ २०१९ को लोकसभा चुनाउ र २०२१ को विधानसभा चुनाउमा पनि भाजपाको ठूलो जनाधार रहेको छ। यो २०२४ को लोकसभा चुनाउका लागि पार्टीको निम्ति ठूलो झटका सरह हो।

यस्तै क्षेत्र हो उत्तर बंगालको कूचबिहार। यहाँ त्रिस्तरीय पञ्चायत चनाउमा तृणमूल कांग्रेसको दबदबा छ। ग्राम पञ्चायत होस् या फेरि पञ्चायत समिति वा जिल्ला परिषद, हरेक ठाउँ पार्टीले जित दर्ता गरेको छ। यो केन्द्रिय मन्त्री निशिथ प्रमाणिकको प्रभुत्व रहेको क्षेत्र मानिन्छ।

यहाँ लोकसभा चुनाउ र विधानसभा चुनाउमा पनि तमाम प्रतिकूलताहरू भएपनि यहाँ भाजपाले बढ़त हासिल गर्दै आइरहेको थियो। तर यस पाली यहाँ तृणमूल जितको झण्डा गाँड़ेको छ। यहाँबाट ममता ब्यानर्जीका क्याबिनेटमा सहयोगी रहेका उदयन गुहाले भने, त्रिस्तरीय पञ्चायत चनाउमा पूरा उत्तर बंगालमा तृणमूले शानदार प्रदर्शन गरेको छ।

बांग्लादेशको शरणार्थी समुदाय मतुआ बहुल क्षेत्रमा पनि यस पाली भारतीय जनता पार्टीलाई तगड़ा झटका लागेको छ। केन्द्रिय मन्त्री एवं बनगाउँबाट भाजपा सांसद शान्तनु ठाकुरको बूथमा पनि तृणमूल कांग्रेसले झण्डा गाँड़ेको छ। यहाँसम्म कि यहाँबाट भाजपा विधायक सुब्रत ठाकुरको गढ़मा पनि तृणमूल जितेको छ। यहाँ २०१९ को लोकसभा चुनाउमा भाजपाले भारी मतले जित हासिल गरेको थियो।

शान्तनु ठाकुरको घर गायघाटाको इच्छापुर २ नम्बर ग्राम पञ्चायत क्षेत्रमा छ। यहाँ ४२ नम्बर मतदान केन्द्र छ। यहाँबाट भाजपा उम्मेदवार श्रेष्ठा मिर्धा पराजित भइन् र तृणमूल उम्मेदवार रिता मण्डल विजयी भइन्। यसरी नै पार्टीका पूर्व प्रदेश अध्यक्ष एवं अखिल भारतीय उपाध्यक्ष दिलीप घोषको घर नजिक मतदान केन्द्रमा पनि तृणमूलले जित हासिल गरेको छ।

-हिस

About Author

Advertisement