भाजपा टोलीले पुबुङ फाटक क्षेत्रका बाढी प्रभावित परिवारसँग भेट गर्‍यो

IMG-20251009-WA0162

दार्जीलिङ: ४ अक्टोबर २०२५ मा आएको भीषण बाढी र पहिरोले दार्जीलिङको पुबुङ फाटक क्षेत्रलाई गहिरो रूपमा प्रभावित बनाएको छ। धेरै परिवारहरूले घर र सम्पत्ति गुमाएर असहाय बनेका छन्।
आज, राज्यसभा सांसद श्री हर्षवर्दन श्रीङ्गला नेतृत्वमा भाजपा र भाजयुमो दार्जीलिङको टोली पुबुङ पुगेर स्थानीय पीडित दाजुभाइ दिदीबहिनीहरूसँग प्रत्यक्ष भेटघाट गरेको छ।
यस कठिन परिस्थितिमा घर, सम्पत्ति र जीविकोपार्जन गुमाएका नागरिकसँग बसेर उनीहरूको पीडा सुन्दै तत्काल राहत सामाग्री वितरण गरिएको छ। भाजयुमो दार्जीलिङले प्रभावित समुदायलाई यो संकटको घडीमा सधैं साथमा रहने आश्वासन दिएको छ।
भ्रमण टोलीमा सांसद श्री हर्षवर्दन श्रीङ्गला सँग भाजपा जिल्ला अध्यक्ष संजीव लामा, भाजयुमो अध्यक्ष नीरज राई, उपाध्यक्ष सुपेन्द्र प्रधान, सवन सुब्बा, सनन्द छेत्री, अगम प्रधान लगायतको उपस्थित थियो।


भाजपा र भाजयुमो पुबुङका हरेक नागरिकसँग दृढतापूर्वक खडा रहन्छन् र सेवा, सहयोग तथा दीर्घकालीन पुनर्निर्माणका लागि निरन्तर सक्रिय रहने प्रतिवद्धता जनाएका छन्।

About Author

Advertisement