गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किमले आज उत्तर सिक्किमको विभिन्न पैह्रो प्रभावित क्षेत्रहरूको भ्रमण गर्दै पीडित परिवारहरूसॅंग भेट गरेको छ। प्रदेश भाजपा अध्यक्ष डीआर थापाको अगुवाईमा गएको टोलीले टिङ्गजे वार्ड, माङशीला जीपीयू भ्रमण गरेको प्रेस विज्ञप्तिमा बताइएको छ।
भाजपा टोलीले पैह्रो प्रभावित क्षेत्रमा क्षयक्षतिको आकलन गर्दै पीडित परिवारहरूसॅंग भेट गरे। टोलीले प्रभावित क्षेत्रमा मानिसहरूले झेल्न परिरहेको चुनौतीहरूको बारेमा जानकारी लिएको छ। यसैगरी, भाजपा टोलीले पीडित परिवारहरूलाई आवश्यक राहत सामग्रीहरू, खाद्य सामग्रीहरू र उपकरणहरू प्रदान गऱ्यो।
भाजपा टोलीले पीडितहरू र स्थानीय अधिकारीहरूबाट घटना र घटनापछिको स्थितिको बारेमा जानकारी लिएको छ। पैह्रोले लगभग २५ परिवार प्रभावित बनेको बताइएको छ। भाजपाले प्राकृतिक प्रकोपका पीडितहरूलाई सहायता एवं समर्थन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।









