कोलकाता: गुरूदेव रवीन्द्रनाथ टैगोरको १५०औं जयन्तीको अवसरमा केन्द्रीय गृहमन्त्री अमित शाहको कोलकाता भ्रमण लिएर सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसले कटाक्ष गरेको छl मुख्यमन्त्री ममता ब्यानर्जीका करिबी तथा राज्यका मन्त्री एवं कोलकाताका मेयर फिरहाद हाकिमले शाहको भ्रमणलाई लिएर प्रश्न चिह्न खड़ा गरेका छन्। भाजपाले गुरूदेवलाई लिएर राजनीतिक प्रयोग गरिरहेको उनले आरोप लगाए। मङ्गलबार कोलकाताको जोड़ासांको ठाकुरबारीमा अमित शाहको भ्रमणअघि फिरहाद पुगे अनि विश्वकविलाई माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेl उनले भने, ‘लोकसभा चुनावका लागि राजनीति भइऱहेको छ। गुरूदेवको माध्यमले शाह बङ्गाली समुदायको भावनालाई छुन चाहन्छन्, तर मानिसहरू यति मूर्ख छैनन्l’ उनले भने, रविन्द्रनाथ टैगोर सबै एकजुट भएर बस्नु पर्छ भन्ने कुरा गर्छन्, सबैलाई एक नजरले हेर्ने कुरा गर्छन्, तर उसले (अमित शाह र भाजपा) विभाजनको राजनीति गरिरहेको छ। यदि उनीहरूभित्र गुरूदेवप्रति साँचो समर्पण छ भने उनले जुन प्रकारले सद्भावनाको कुरा गरेका थिए, भाजपाले उस्तै किसिमको राजनीति गरोस्l’
उल्लेख्य, गुरूदेव जयन्तीमा कोलकाता पुगेका अमित शाहले अहिलेसम्म कुनै प्रकारको राजनीतिक बयान दिएका छैनन्। एक दिनअघि पनि मुख्यमन्त्री ममता ब्यानर्जीले जब राज्य सचिवालयमा मीडियासित कुरा गरेकी थिइन्, उनले शाहको कोलकाता भ्रमणमाथि प्रश्न उठाएकी थिइन्। मणिपुर हिंसाको आगोमा जलिरहेछ भन्दै, ‘गृहमन्त्री भएको नातामा अमित शाह पहिला त्यहाँ जानुपर्छ, तर उनलाई त राजनीति गर्नुछ’, भनेकी थिइन्। – हिस










