भाजपाले मेडिकल कलेज विरूद्ध ईडी जाँचको माग गऱ्यो

IMG-20230410-WA0169-11-300x172-1

कोलकाताः पश्चिम बंगालमा भाजपा एकाईका अध्य़क्ष सुकान्त मजूमदारले प्रवर्तन निदेशालय (ईडी) का निदेशकलाई चिट्ठी लेखेर कोलकाताको प्रतिष्ठित र राज्य संचालित आरजी कर मेडिकल कलेज एवं अस्पतालमा वित्तीय अनियमितताहरूको जाँचको माग गरेका छन्।

आफ्नो चिट्ठीमा मजूमदारले अस्पताल विरूद्ध धेरै वित्तीय अनियमितताहरूतिर इशारा गरे औं अधिकारीहरूमाथि सार्वजनिक धनको दुरूपयोग गरेको, उच्च दरहरूमा चिकित्सा उपकरण किनेको, अस्पतालको जमीनलाई खाद्य दोकानहरूको निम्ति भाड़ामा दिएको र नियुक्तिहरूमा अनियमितताहरूको पनि आरोप लगाए।

चिट्ठीका प्रतिहरू केन्द्रिय वित्त र स्वास्थ्य मन्त्रालयलाई पनि पठाइएको छ। केही महिनाअघि अस्पताल विवादहरूमा घेरिएको थियो, जब छात्रहरूले बढ्दो ऱ्यागिङको समस्या र पूर्व प्रिन्सिपल संदीप घोषलाई हटाउने दोहोरो मुद्दाहरूमा विरोध प्रदर्शन गरेको थियो। घोषको स्थान लिएपछि पनि मानस ब्यानर्जीलाई आन्दोलनकारी छात्रहरूले धेरै दिनसम्म कार्यालयभित्र पस्न दिएनन्। राज्य स्वास्थ्य विभागका अधिकारीहरूले यस मामिलामा कुनै टिप्पणी गरेका छैनन्।

-हिस

About Author

Advertisement