भाजपाले डाबग्राम २ ग्राम पञ्चायतमा बोर्ड गठन

a30897b3-fcd7-4dad-8aa6-ddfec561db4a

सिलगढी: भारतीय जनता पार्टीले डाबग्राम फुलबारी विधानसभा क्षेत्र अन्तर्गत डाबग्राम नम्बर २ ग्राम पञ्चायतमा बोर्ड गठन गर्‍यो। प्रधान अनि उपप्रधानको नाम घोषणा गरियो। भारतीय जनता पार्टीका कार्यकर्ता र समर्थकहरूले विजयको खुसी मनाएका थिए।
अर्कोतर्फ, जलपाइगढी जिल्लाका अधिकांश ग्राम पञ्चायतहरू तृणमूल कांग्रेसको नियन्त्रणमा रहेकाले तृणमूलका कार्यकर्ता र समर्थकहरू पनि उत्सवको रमाइलो गरिरहेको देखिन्छ। यो ग्राम पञ्चायतको प्रमुख मिताली मालाकार र उपप्रमुख सुपेन राय रहेको बताइएको छ। यस दिन सबैले सपथ लिएका छन्।

About Author

Advertisement