खरसाङ: ‘गोर्खाल्याण्ड राज्यको मागमा धेरै समयदेखि राजनीति मात्र भएको छ। सत्तामा बस्ने सरकारले सदैव अल्मलाउने र धोका दिने काम मात्र गरेको छ’, यस्तो छ इण्डियन डेमोक्रेटिक रिपब्लिकन फ्रन्ट (आईडीआरएस) को भनाइ। आईडीआरएसको तर्फबाट दिल्लीमा रहेका महासचिव डोनाल्ड गहतराजले दिल्लीबाट नै प्रेस विज्ञप्ति जारी गर्दै तेस्रोपल्ट भारतीय जनता पार्टीले गोर्खाल्याण्डको नाममा भोट मागेर पनि गोर्खाल्याण्डको मागलाई महत्व दिएको छैन तर भोटको समयमा मात्र गोर्खे टोपी लगाएर गोर्खाको भावनासँग खेलेको छ, यो जनताले बुज्नु जरुरी छ भनी बताएका छन्। आईडीआरएसका महासचिव डोनाल्ड गहतराजले प्रेस विज्ञप्तिमा उल्लेख गरेअनुसार यो कुनै मुद्दा होइन तर यो अधिकार हो तर गोर्खाल्याण्डको मांगलाई सदैव मुद्दा बनाएर गोर्खा समाजको बीचमा विभिन्न अन्य विकल्पहरु पेश गरेर गोर्खा नेताहरुको बीचमा लालच उत्पन्न गराउने काम मात्र गरिरहेको आरोप लगाएका छन् यसको कारणले गर्दा पहाडमा आज धेरै पार्टीहरु उत्पन्न भइरहेको छ र विभिन्न मुद्दाहरु उत्पन्न नयाँ पार्टीहरुबाट हुँदैछ र सत्तामा आउने र लालच स्पष्ट रूपमासँग बुझेको छ र गोर्खा जनता आफ्नु मांगमा स्पष्ट छैन भन्ने कुरा पनि भइरहेको छ र नै विकल्पहहरु दिँदै गोर्खा जनताको दिमागबाट नै गोर्खाल्याड हटाउने काम हुँदैछ भनी आरोप लगाएका छन्। तर यसरी त गोर्खाल्याण्डको मागलाई धेरै क्षति पुगेको छ भनी बताएका छन्।










