भाजपाले क्षेत्रीय दलहरूलाई मास्ने काम गर्दैछ: अजय एडवर्ड्स

IMG-20260117-WA0084

दार्जिलिङ: भारतीय जनता पार्टीले क्षेत्रीय दलहरूलाई मास्ने काम गर्दैछ।गत २०१९ को लोकसभामा हामीले हाम्रै गोर्खा उम्मेद्वार हुनुपर्छ भनेर दिल्लीबाट राजु विष्टलाई ल्याएको हो। राजु विष्ट सूर्य कम्पनीको मेनेजिङ डाइरेक्टरको हो,उसलाई राजनीतिमा इच्छा थिएन तर बिमल गुरूङ दाजु, मन घिसिङ, म लगायत हामी सबैले उनलाई दार्जीलिङ लिएर आएको हो।२०१९ को लोकसभा चुनावमा हामीले उनलाई भारी मतले जितायौ, उनी सांसद भए। क्षेत्रीय राजनैतिक पार्टीहरूको सहयोगमा भारतीय जनता पार्टीले दार्जीलिङ लोकसभा आसन र विधानसभा आसनहरूमा विजय प्राप्त गर्दै आएको हो। तर जसको समर्थन र सहयोगमा भाजपाले जीत हाँसिल गर्दैछ, उसै क्षेत्रीय दलहरूलाई जरैदेखि मास्ने कार्यमा भाजपा लागि परेको छ अनि यसमा राजु विष्टको पनि ठूलो हात रहेको अजय एडवर्ड्सले आरोप लगाएका छन्। उनले भने, ‘गोरामुमोको अस्तित्व धरापमा परिरहेको छ,अब गोजमुमोलाई पनि भाजपाले त्यस्तै अवस्थामा पुराउने जमर्कोमा लागि परेको छ। राजु विष्टलाई जसले ल्यायो उसकै दललाई मास्ने काम गर्दैछ,योभन्दा ठूलो विश्वासघात अरू केही हुन सक्दैन। मैले मनगडन्ते कुरा गरेको होइन। भाजपा छोडेर आएका नेतृत्वहरूले पार्टीभित्र क्षेत्रीय दलहरूलाई कसरी मास्न सकिन्छ भन्ने विषयमाथि भएको मन्थनहरू आज सार्वजनिक गरेको छ। त्यसकै आधारमा भनेको हो। भारतीय जनता पार्टीको क्षेत्रीय दल मास्ने योजना पहाडमा मात्र होइन भारतभरि नै चल्दैछ। क्षेत्रीय दलहरूलाई मासेर आफुलाई दह्रिलो बनाउने भाजपाको षडयन्त्र हो। तर क्षेत्रीय दलहरू मास्नु भनेको क्षेत्रीय समस्याहरूलाई कुल्चेर मास्नु हो। भाजपाको यस प्रकारको षडयन्त्रहरू हाम्रो क्षेत्रीय दलको नेतृत्वहरूले बुझ्न पर्छ। गोरामुमो अस्तित्वहिन बन्दै जाँदैछ,त्यसरी नै गोजमुमोलाई अस्तित्व पनि भविष्यमा धरापमा पार्न सक्छ।

About Author

Advertisement