भाजपाले एनजेपी स्टेशनमा शुरु गर्यो सदस्यता अभियान

IMG-20241207-WA0157

सिलगढी: भाजपाले सदस्यता बढाउन अमृत भारत योजना अन्तर्गत स्टेशनहरू चयन गरेको छ। यसै सिलसिलामा भाजपाले एनजेपी स्टेशनमा सदस्यता अभियान शुरु गरेको छ। भारतीय जनता पार्टीले सदस्यताका लागि देशभरका अमृत भारत स्टेशनहरू छनोट गरी सदस्यता कार्यक्रम शुरु गरेको छ। त्यसैको एक भागको रूपमा भाजपा  नम्बर ६ मण्डल समिति र सिलगढी जिल्ला युवा मोर्चाका सदस्यहरूले अमृत भारत परियोजना अन्तर्गत एनजेपी स्टेशनमा सदस्यता अभियान सञ्चालन गरे। उनले स्टेशनमा आएका धेरै यात्रुहरूलाई सदस्यता लिन अपील गरे। उनले भने कि दिसम्बर १५ सम्म भाजपाले यो सदस्यता अभियान अमृत भारतबाट अन्य स्टेशनहरूमा चलाउनेछ। उनको अभियानमा जनता स्वस्फूर्त रुपमा सहभागी भई सदस्यता लिएको बताए।

About Author

Advertisement