भाजपामा सामेल तृणमूल नेता पुनः तृणमूलमा सामेल

IMG-20230528-WA0320-5-300x172-15

कुचबिहारः दिनहाटा-१ नम्बर पञ्चायत समितिका अध्यक्ष मोफिजूल हक पञ्चायत चुनाउअघि तृणमूल छोड़ेर भाजपामा सामेल भएका थिए। एक महिनापछि उनी पुनः तृणमूल कांग्रेसमा सामेल भए। उत्तर बंगाल विकास मन्त्री उदयन गुहाको हात समाएर मोफिजूल हक तृणमूलमा सामेल भए।

यस अवधि मोफिजूल हकले भने, पार्टीका केही नेताहरूको अवमाननाको कारण भाजपामा सामेल भएको थिए। भाजपामा सामेल भएपछि यो दल मेरो निम्ति होइन भन्ने लाग्यो। यसैले फेरि आफ्नै दल तृणमूलमा फर्की आए। मन्त्री उदयन गुहाले भने, मोफिजूल हक अहंकारको कारण भाजपामा गएका थिए। तर उनको मन तृणमूल कांग्रेसको साथमा थियो। उनले पञ्चायत चुनाउमा तृणमूल विरूद्ध कुनै कदम उठाएनन्। यसैले उनलाई पुनः तृणमूलमा सामेल गरिएको छ।

About Author

Advertisement