भाजपाको बुथ सभापतिसहित ४२ परिवार तृणमूलमा सामेल

dce83cbd-fc02-4cd1-9829-f7791930987c

कालचिनी – आगामी पञ्चायत चुनाउको हावा मन्द गतिमा चलिरहेको बेला आज कालचिनी खण्डको गारोपाड़ा ग्राम पञ्चायत क्षेत्रका प्रायः ४२ घर भाजपा परिवारले तृणमूलको झण्डा समाएको तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँवले जनाएका छन्।

आज गारोपाड़ा अञ्चलका नवनिर्वाचित चेयरम्यान बान्टु चौधरी र अञ्चल सभापति घुरन महलीलाई स्वागत गर्न राखिएको कार्यक्रमको अवसरमा नै आज भाजपा बुथ सभापति निर्मल उराँवको नेतृत्वमा ४२ परिवार भाजपा समर्थकहरूले तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँवको बाहुलीबाट झण्डा ग्रहण गरेको थियो।

About Author

Advertisement