भाजपाको दार्जिलिङ जिल्लाको सांगठनिक सभा सम्पन्न

राज्य सरकार गोर्खाहरूको संवैधानिक मान्यताको पक्षमा छैन: कल्याण देवान

दार्जिलिङ: अाज भारतीय जनता पार्टी दार्जीलिङ जिल्लाको सांगठनिक सभा दार्जीलिङको भाजापा पार्टी कार्यालयमा भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष कल्याण देवानको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा दार्जिलिङ अन्तर्गत पर्ने ६ वटा मण्डलहरूका प्रतिनिधिहरूलाई लिएर सभा सम्पन्न भएको थियो। सभामा सबै छवटा मण्डलका अध्यक्षहरूले आफ्नो आफ्नो मण्डलको रिपोर्टहरू प्रस्तुत गरेका थिए। सभामा भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष कल्याण देवान, महासचिव सुजेन्द्र राई, सचिव पीसी थापा, जिल्ला समिति सदस्यहरू सञ्जीव लामा, आशिष वाङ्देल, युवा मोर्चाको अध्यक्ष निरज राई लगायत दार्जिलिङ अन्तर्गत पर्ने ६ वटा मण्डलका अध्यक्षहरू उपस्थित रहेका थिए।
सभापछि पत्रकारहरूसित कुराकानी गर्दै आगामी दिनहरुमा बुथ स्तरदेखि नै पार्टीलाई मजबूत पार्ने अनि पार्टीलाई सुदृडीकरण गरेर लाने विषयमा चर्चा परिचर्चा गरिएको भनी भाजापा दार्जीलिङ जिल्ला अध्यक्ष कल्याण देवानले बताएका छन्। उनले त्रिपक्षीय वार्ताबारे बोल्दै उनीहरु लगातार रूपमा लागि परेको भनी जानकारी गराएका छन्। पत्रकारहरूले सोधेका प्रश्नहरूको उत्तरमा भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष कल्याण देवानले राज्य सरकार गोर्खाहरूको संवैधानिक मान्यताको पक्षमा छैन भन्दै जीटीएको चुनावमा जसले भाग लिए उनीहरू संवैधानिक मान्यताको पक्षमा छैनन् भनी बताएका छन्। उनले अब हुने त्रिपक्षीय वार्तामा जीटीएका प्रतिनिधिहरूलाई बोलाउँछन् भन्ने प्रश्नको उत्तरमा त्रिपक्षीय वार्तामा जीटीएको प्रतिनिधिहरूलाई बोलाउँदैन जस्तो लाग्छ यद्यपि यो गृह मंत्रालयको कुरा हो र यदि नैतिकताको आधारमा वार्तामा बोलाइएको खण्डमा पनि तृणमूल सरकारले एक्शन लिन सक्छन् भनी बताएका छन्।

About Author

Advertisement