कालचिनी। भाजपा ८ नम्बर मण्डल कमिटी अन्तर्गत आज गारोपाड़ा ग्राम पञ्चायत कमिटीको गठन गरिएको जानकारी भाजपा ८ नम्बर मण्डल कमिटीको सभापति उत्तम लामाले दिएका छन। आज उक्त जीपी कमिटी सदस्यहरूको परिचय गारोपाड़ा ग्राम पञ्चायत प्रधान बिन्दिया लामासित गराउने कार्य सम्पन्न भएको पनि मण्डल सभापति उत्तम लामाले जनाएका छन्।
आज यस क्रममा भाजपा गारोपाड़ा ग्राम पञ्चायत कमिटीको कन्भेनरको रुपमा सुरेश महली उर्फ राकेश र कोकन्भेनरमा प्रताप मंगर उर्फ राजन चयनित गर्दै जम्मा १४ सदस्यीय भाजपा गारोपाड़ा जीपी कमिटीको सूची प्रधानलाई जमा दिएको बताईएको छ। आज यस अवसरमा भाजपा एसटी मोर्चा तथा बीटीडब्ल्यूयूको नेता तोफिल सोरेङ लगायत भाजपा नेता अनूप मिञ्ज एवम् अन्यान्य नेताहरुको उपस्थिति रहेको थियो। सो जीपी कमिटीले जीपी स्तरमा हुने कामको निरीक्षण गर्ने र काममा घोटाला भेटाईए त्यसको जोड़तोड़ले विरोध गरिने पनि भाजपा मण्डल सभापति उत्तम लामाले थप जनाएका छन्।











