भाजपाका स्थानीय युवा नेतामाथि विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप, तृणमूलले उठायो कारबाही गर्ने माग

Child-Sexual-Abuse-Rep-Image-A-copy-1

सिलगढी: सिलगढी  महाकुमाको चम्पासरी मिलनमोड क्षेत्रमा बस्ने एक स्थानीय भाजपा युवा नेताले आफ्नो छात्रालाई लामो समयदेखि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। यो दुर्व्यवहार सहन नसकेर विद्यार्थीले पुलिस समक्ष पुगिन्। यसबारे उनले पुलिसमा उजुरी गरेकी छन्। यो खबर सार्वजनिक भएलगत्तै दार्जीलिङ जिल्ला तृणमूल कांग्रेस समातलका अध्यक्ष पपिया घोष, चम्पासरी ग्राम पञ्चायतका अध्यक्ष जनक साह, क्षेत्रीय अध्यक्ष सञ्जीव साईब, अन्य नेता तथा कार्यकर्ता विद्यार्थीको घर पुगेर पीडित परिवारलाई हरसम्भव सहयोग गर्ने आश्वासन दिएका छl तृणमूलले दोषीलाई कडा सजाय दिने माग गरेको छ।

About Author

Advertisement