कोलकाता: भाजपाका विजयी उम्मेदवारको घरबाट दुई सकेट बम बरामद भएको छ। जानकारी अनुसार भीमपुर थानाको गोविन्दपुर बुथ नम्बर १७४ का विजयी उम्मेदवार भक्त विश्वासको घरमा सोमबार बिहान झोलामा दुई सकेट बम भेटिएपछि परिवारले तत्काल भीमपुर प्रहरी चौकीलाई खबर गरेका थिए। खबर पाएलगत्तै भीमपुर प्रहरी चौकी घटनास्थल पुगेको थियो घटनास्थलमा पुगेपछि पुलिसले सो स्थानलाई घेराबन्दी गरेको थियो। यस सम्बन्धमा भाजपाका विजयी उम्मेदवार भक्त विश्वासले पञ्चायत बोर्डको गठन अगाडि रहेको बताए। यसअघि उनलाई डराउन घरमा बम राखिएको थियो तर, भीमपुर पुलिसले घटनाको सम्पूर्ण अनुसन्धान थालेको छ।









