भाजपाका राहुल लोहार मदारीहाटबाट चुनाव लड्दै

IMG-20241020-WA0133

अलीपुरद्वारः आलिपुरद्वार जिल्लाको मदारीहाट विधानसभा निर्वाचन क्षेत्रमा नोभेम्बर १३ मा राज्यका ६ वटा विधानसभा सिटमा उपचुनाव हुने भएको छ। भाजपाका राहुल लोहार मदारीहाटबाट चुनाव लड्दैछन्। भाजपाले सबै सिटमा उम्मेदवारको घोषणा गरेको छ। मदारीहाटबाट भाजपाका मनोज तिग्गा विजयी भएका छन्। तर २४औँ लोकसभा चुनावमा उनले सांसदका लागि उम्मेदवारी दिएर जितेकाले मदारीहाट विधानसभा सिट खाली भएको छ। भाजपाले उम्मेदवार घोषणा गरेपछि अब सत्तारुढ दलको उम्मेदवारको नाम घोषणाको प्रतीक्षामा छन्।

About Author

Advertisement