अलिपुरद्वार: भाजपाका उम्मेदवार राहुल लोहारले बिहीबार बिहान बन्दापानी ग्राम पञ्चायत अन्तर्गत चिया बगानमा जोरदार चुनाव प्रचार गरे। चुनाव प्रचार गर्दा हातमा चियाको पात लिएर यही माटोको मूल निवासी भएको दाबी गरे। दलगाउँ चिया बगानका छोरा र भाजपाका उम्मेदवार राहुल लोहारले अभियानका बारेमा भने, ‘यो बन्द चिया बगानका मजदुरले १३० रुपियाँ कमाउँछन्, मोदीजीले ३५ किलो राशन र ग्यास नदिए यी मजदुरका परिवारले खाना खाने? मोदीजीको स्वच्छ भारत योजना अन्तर्गत यी चिया बगानहरूमा शौचालय बनाइएको छ, आज चिया बगानका आमाहरूलाई नदी वा जंगलमा जान आवश्यक पर्दैन।‘









