भाग्यले बांचे दुई बालबालिका र महिला

IMG-20240717-WA0195

जलपाईगुडी: जलपाईगुडी जिल्लाको पहाडपुर अंचलकाे टाटीपारा इलाकाकाे एक घरमा एक महिला र दुई बालबालिका सुतिरहेका बेला एउटा ठुलो रुख घरमाथि लडयाे। तर यस घटनामा कसैको ज्यान गएन। सबैको ज्यान बच्नु भाग्यको कुरा हो।

उक्त घरमा बस्ने महिला सुषमा देवनाथले बताएअनुसार राति पानी परिहेको थियो। अचानक उनले ठूलो आवाज सुने। हतार हतार बाहिर निस्केर हेर्दा आफ्नै घरमा रुख ढलेको देखे। रुख ढलेर दुईवटा कोठा पूर्णरुपमा क्षति भएपनि भगवानको इच्छाले जोगिएको उनले बताए।

About Author

Advertisement