भागोप सिक्किमले ‘बलिदान दिवस’ पालन गर्ने

WhatsApp-Image-2024-08-08-at-17.32.50

गान्तोक: भारतीय गोर्खा परिसंघ सिक्किम शाखाले आगामी २५ अगस्तमा ‘बलिदान दिवस’ पालन गर्ने  निर्णय लिएको छ। यसबारेमा  सिक्किम शाखाको कार्यकारी समितिको सभा पद्मश्री सानु लामाको अध्यक्षतामा आयोजन गरिएको थियो। सभामा विस्तृत छलफलपछि आगामी २५ अगस्तमा ‘बलिदान दिवस’ पाकिम जिल्ला अन्तर्गत डुंगामा पालन गर्ने निर्णय लिइएको छ।  स्मरण रहोस् आजाद हिन्द फौजका प्रथम गोर्खा शहीद मेजर दुर्गा मल्ललाई २५ अगस्त १९४४ मा दिल्लीको पुरानो जेलको परिसरमा फाँसी दिइएको थियो। यही दिनलाई गोर्खाहरूले ‘बलिदान दिवस’ दिवसको रुपमा पालन गर्दै आएको छ। उक्त सभामा पद्मश्री द्रौपदी घिमिरे, पूर्व पुलिस महानिर्देशक सीपी गिरी, प्रा. रुद्र पौड्याल,  कुबेर चन्द्र दाहाल तथा कार्यकारी समितिका पदाधिकारीहरुको उपस्थिति रहेको जानकारी भागोप सिक्किमका सचिव अनु जी थापा अमिताले दिएकी छिन्।

About Author

Advertisement