भागोप्रमो समर्थित पंखाबारी लङ्भ्यू अम्बटे स्तरीय हिल तराइ आशाकर्मी संगठनको गठन

IMG-20250215-WA0165

खरसाङ: खरसाङको पंखाबारी लङ्भ्यू अम्बटे समष्टि अन्तर्गत पंखाबारी सार्वजनिक भवनमा समष्टि स्तरीय हिल तराई आशा कर्मीहरुको एक जरुरी सभा समष्टि पर्यवेक्षक साथै खरसाङ खण्ड पञ्चायत समिति सभापति अनु प्रधानको सभापतित्वमा सम्पन्न भयो। सभामा समष्टिको कार्यकारी सभासद कल्पना प्रधानको विशेष उपस्थिति रहेको थियो। समष्टि सचिव ललित प्रधानले सञ्चालन गरेको सभालाई समष्टि कार्यकारी सभासद कल्पना प्रधान, समष्टि पर्यावेक्षक अनु प्रधान आदिले सम्बोधनले गरेका थिए। सभासद कल्पना प्रधानले आफ्नो सम्बोधनमा आशाकर्मीहरूको समस्या धेरै रहेको र यस समस्याको समाधान गर्न आशाकर्मीहरू संगठित भएर कार्य गरे अवश्य पनि समस्याको समाधान हुने साथै आशाकर्मीहरू संगठित भएर अनुशासनमा रहेर कार्य गर्ने सुझाव राखिन्। आशा कर्मीहरूले समाजलाई स्वस्थ्य सम्बन्धी सेवा पुऱ्याएको हुनाले गाउँ समाजमा सबैले विश्वास साथै माया गर्ने गरेको पनि जनाइन्। अनु प्रधानले आफ्नो सम्बोधनमा आशा कर्मीहरूको वेतन कम भए तापनि सेवाको भवनाले जुन कार्य गरिरहेका छन् त्यो अति नै सराहनीय रहेको जनाइन्।तिनले आशा कर्मीहरूको समस्याको समाधान गर्न हेतु संगठित भई कार्य गरिदिने अनुरोध गरिन्। प्रधानले आशा कर्मीहरूले हालै भोग्न परिरहेको समस्याहरू सम्बन्धित निकायसम्म पुऱ्याउन आफू वचनबद्ध रहेको पनि जनाइन्। सभामा हिल तराइ आशाकर्मी संगठनका सभापति पुण्य देवान,सचिव शान्ति तामाङ, उपसभापति प्रनिता तामाङ, सहसचिव नमिता तामाङ, कोषाध्यक्ष पदमा थापा, प्रचार प्रसार सचिव निता लामालाई चयन गरियो।

सभामा नारी शक्ति खरसाङ महुकमा समिति महासचिव जैतुन निशा खातुन, पाण्डु ग्राम पञ्चायत प्रधान नन्जिता लामा, घैयबारी-तीन ग्राम पञ्चायत प्रधान सुष्मा वाइबा समिति सदस्य शिला लामा, मौसम तामाङ, समष्टि प्रचार प्रसार सचिव जिनोद परियार, सन्त मेरिज तीन ग्राम पञ्चायत सदस्य सुब्रता लकान्द्री, बिमला लामा साथै समष्टि अन्तर्गत रहेका आशा कर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।

About Author

Advertisement