सोनादा: मुण्डा हट्टास्थित न्यू लाइट हलमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सभा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा मुण्डा हट्टा शाखाद्वारा आयोजना गरिएको थियो, जसको उद्देश्य मुण्डस हट्टा र मुण्डस बस्ती क्षेत्रका विभिन्न भागहरूलाई जोड्ने सडक (बिटुमेन तथा ब्ल्याकटप) को तत्काल निर्माणको आवश्यकता बताइएको छ। सभाको सुरुवात जनताको लामो समयदेखिको माग पूरा गरिदिएकोमा जीटीए प्रमुख अनित थापालाई धन्यवाद ज्ञापन गर्दै गरिएको जानकारी प्राप्त भएको छ। यस सभामा दुवै गाउँका सर्वसाधारणको उपस्थिति रहेको थियो। साथै लोवर सोनादा ग्राम पञ्चायतका प्रधान तथा उप प्रधान क्रमशः बैजन्ती तामाङ र थिल्लेन लामा पनि उपस्थित रहेका थिए। अन्य उपस्थित व्यक्तिहरूमा एन. आर. भुटिया, सुमन शर्मा, महेन्द्र प्रधान, सोनाम तामाङ, निर्मल देवान, बबिता तामाङ, मृगन लामा, अमर शेर्पा, देवराज तामाङ तथा ठेकेदार छोग्याल लामा पनि सहभागी रहेका थिए।
सभा फलदायी रहेको र कामको कार्यतालिकासम्बन्धी विस्तृत छलफलपछि उक्त कार्यको गुणस्तर जाँच गर्न तथा कुनै पनि विवादको समयमा समयमै सहयोग पुर्याउन एक निरीक्षण समिति गठन गरियो। यस सभाको अध्यक्षता बिरजित छेत्रीले गरेका थिए।










